ad ad

समाज


कोरोनाबाट वडाध्यक्षको निधन

कोरोनाबाट वडाध्यक्षको निधन

नेपालखबर
जेठ ३, २०७८ सोमबार १३:१५,

कोरोना संक्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ।

नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए।

कोरोना संक्रमबाट तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ। होम आइसोलेशनमा नै उनको गएराति निधन भएको जनाइएको छ।

यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ। पत्रकार महासंघ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो।

रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनालाई पराजित गरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए।

जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ। यसअघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो। आइतबार मात्रै पत्रकार बस्नेतका पिता टोपबहादुर बस्नेतको पनि सोही मेडिकल कलेजमा उपचारका क्रममा कोरोनाबाट निधन भएको थियो। उनी नेकपा (एमाले) जिल्ला नेता थिए।

जिल्लाका एक संक्रमितकाे बाँकेमा निधन भएको छ। भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .