ad ad

समाज


परस्त्रीसँगको अफेयरपछि बिल गेट्सले माईक्रोसफ्टको बोर्डबाट राजीनामा दिए!

परस्त्रीसँगको अफेयरपछि बिल गेट्सले माईक्रोसफ्टको बोर्डबाट राजीनामा दिए!

नेपालखबर
जेठ ३, २०७८ सोमबार १२:२९,

उनीहरुले के कारणले सम्बन्धविच्छेद गरेको भनेर खुलाएका छैनन्। तर यतिबेला उनीहरुले सम्बन्धविच्छेद गर्नुको कारणको छनक दिने रिपोर्ट सार्वजनिक भएको छ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सन् २०१९ मा बिल गेट्सले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुको कारण थियो उनको परस्त्रीसँगको अफेयर।

यो रिपोर्टसँगै परस्त्रीसँगको अफेयरका कारण बिल र मेलिन्डाको सम्बन्धविच्छेद भएको अनुमान गरिएको छ। यद्यपी रिपोर्टमा प्रस्ट रुपमा यस विषयमा बताइएको छैन।

वाल स्ट्रिट जर्नलकाअनुसार माइक्रोसफ्टकै एक महिला कर्मचारीले बिल र आफूबीच वर्षौदेखि यौन सम्बन्ध रहेको कम्पनीको चिठीमा लेखेकी थिइन्।

ती महिलाले माइक्रोसफ्टको रोजगारीमा परिवर्तन चाहिएको बताउँदै आफ्नो र बिल गेट्सको सम्बन्धको विषयमा मेलिन्डालाई थाहा होस् भनेर मेलिन्डालाईसमेत चिठी पढ्न भनेकी थिइन्।

तर मेलिन्डाले उक्त चिठी पढिन् या पढिनन् केही जानकारी छैन।

यो घटनापछि माइक्रोसफ्टको बोर्ड सदस्यले ती महिलासँग बिलको सम्बन्ध छ या छैन भनेर वकिल बोलाएको जर्नलमा बताइएको छ।

अनुसन्धानका क्रममा बिलले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुपर्ने आवाज उठेको थियो, तर बिल फेरि माइक्रोसफ्टको बोर्ड सदस्यमा नियुक्त भएका थिए।

यद्यपी अनुसन्धान पुरा हुनुपूर्व नै उनले बोर्ड सदस्यबाट राजीनामा दिँदै आफू समाजसेवामा लाग्ने बताएका थिए।

अनुसन्धान समाप्त भएपछि सन् २०१९ को मध्य समयमा बिल गेट्स र एक महिला कर्मचारीको सन् २००० मा अफेयर भएको पाइएको थियो। तर सो अफेयर सहमतिमै टुंगिएको माइक्रोसफ्टको प्रवक्ताले बताएका छन्।

बिल गेट्सकी प्रवक्ताले समेत २० वर्ष अगाडिको अफेयर त्यहीबेला टुंगिएको बताइन्। तर उनले बिलले बोर्ड सदस्यबाट राजीनामा दिनुमा त्यो घटनासँग कुनै सम्बन्ध नभएको बताएकी छिन्।

बिलको विषयमा अनुसन्धानपछि माइक्रोसफ्ट भित्र हुने महिला हिंसाबारे अनुसन्धान भएको थियो। सो अनुसन्धानपछि कम्पनीको कार्यकारी प्रमुख सत्या नाडेलाले यस विषयमा कम्पनी गम्भीर हुने बताएका छन्।

वाल स्ट्रिट जर्नलले बिल गेट्सले विवाहपछि पनि अन्य महिलाहरुलाई शारीरिक सम्बन्धमा बस्न भनेर लोभ्याएको उल्लेख गरेको छ।

गेट्सको यस्तो व्यवहारको बारेमा कर्मचारीहरुलाई थाहा भएको माइक्रोसफ्टका पूर्व ६ कर्मचारीहरुले पनि बताएका छन्।

यद्यपी यो विषयमा मेलिन्डालाई थाहा छ कि छैन भनेर केही खुलाइएको छैन। २७ वर्षपछि मेलिन्डा र बिल गेट्सबीच यसैवर्ष सम्बन्धविच्छेद भएको छ।

तर मेलिन्डा र बिलबीच किन सम्बन्धविच्छेद भयो भनेर केही खुलाइएको छैन।

उनीहरुले संयुक्त बयानमा यसै महिनाको ४ तारिखमा भनेका थिए,‘हामीलाई लाग्दैन कि अब हामी एक जोडी भएर अगाडि बढ्न सक्छौं।’

यो पनि: यस्तो छ बिल गेट्स र मेलिन्डाको पहिलो भेटदेखि सम्बन्ध(विच्छेदसम्मको यात्रा

सम्बन्ध–विच्छेदपछि बिल गेट्सबाट अंश लिएकी मेलिन्डा पनि अर्बपतिको सूचीमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .