ad ad

समाज


भारतमा कोरोनाविरुद्ध भर्खरै बनेको पाउडर औषधि खुवाउन सुरु गरिँदै

भारतमा कोरोनाविरुद्ध भर्खरै बनेको पाउडर औषधि खुवाउन सुरु गरिँदै

नेपालखबर
जेठ ३, २०७८ सोमबार ६:१३,

भारतमा कोरोना संक्रमितका लागि बनेको खाने औषधि प्रयोग गर्न सुरु गरिने भएको छ।

पानीमा घोलेर खान सकिने २–डीजी नामको पाउडर औषधि आज सोमबार बिहान भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले शुभारम्भ (लन्च) गरेका हुन्।

त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको २–डीजी औषधि आजै कोरोनाका १० हजार बिरामीलाई वितरण गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

परीक्षणका क्रममा यो औषधि खाँदा कोरोनाका बिरामीलाई चाँडै स्वस्थ हुन मद्दत पुर्‍याएको त्यहाँका अनुसन्धानकर्ताले बताएका छन्।

अहिलेसम्म कोरोना संक्रमण हुँदा खाने कुनै निश्चित औषधि नभएको अवस्थामा भारतले बनाएको पाउडर औषधि निकै फाइदाजनक देखिएको दाबी गरिएको छ।

कोरोना संक्रमणविरुद्ध नजिकैको छिमेकी मुलुकमा बनेको खाने औषधि नेपाल पनि आइपुग्ने आशा गर्न सकिन्छ।

यो पनि : भारतमा तयार कोरोना संक्रमणविरुद्ध खाने पाउडर औषधि कस्तो हो? सात जिज्ञासा र जवाफ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .