ad ad

समाज


सल्यान अस्पतालमा सुरु भयो अक्सिजन प्लान्ट

सल्यान अस्पतालमा सुरु भयो अक्सिजन प्लान्ट

नेपालखबर
जेठ १, २०७८ शनिबार १२:३८,

सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी आज शनिबार उद्घाटन गरिएको छ

सो अक्सिजन प्लान्ट कर्णाली प्रदेश सरकारको करिब ५१ लाखको लागतमा निर्माण भएको कर्णाली प्रदेश सभाका सांसद प्रकाश ज्वालाले बताएका छन्।

उनका अनुसार सो प्लान्ट संचालन भएपछि बिरामीको उपचारमा सहजता भएको छ।

‘प्रदेश सरकारबाट उपलब्ध बजेटबाट १ सय ४० वटा नयाँ अक्सिजन सिलिन्डर खरिद गर्नको लागि अस्पतालबाट सूचना निकालिएको छ,’ कर्णाली प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री समेत रहेका ज्वालाले बताएका छन्, ‘यस बीचमा संघीय, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, बिभिन्न संघ संस्था र ब्यक्तिहरुको पहलमा केही अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर लगायतका सामाग्री उपलब्ध भएका छन।’

OxygenPlant SalyanHospital1

उनका अनुसार आइसोलेसन लगायत संरचना निर्माण र स्वास्थ्य समग्री जुटाउने काम भैरहेको छ।

‘कोभिड महामारी हामी सबैको साझा शत्रु हो। सबै एकताबद्ध भई महामारीबिरुद्ध लड्न सकेमात्र यसलाई पराजित गर्न सकिन्छ। आउनुहोस्, महामारी नियन्त्रण र जनताको जिवन रक्षाको लागि आग्रह पूर्वाग्रह नराखी सहकार्य गरौं,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .