अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज (शनिबार) बिहान ओमान गएको छ।
ओमानस्थित नेपाली दूताबास र गैर आवासीय नेपाली संघको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएको ६ सय थान अक्सिजन सिलिन्डर लिन वाइडबडी जहाज ओमान गएको हो।
आज बिहान साढे सात बजे बिमान ओमानको मस्कट तर्फ प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ। वाइडबडी जहाज आजै दिउँसो २ बजे काठमाडौं फर्किने निगमका महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिए।
ओमानबाट फर्किएको जहाज आजै राति ११ बजे चीनको राजधानी बेइजिङ जाने कार्यतालिका छ। चीनले अनुदानमा दिएको अक्सिजनसहितका स्वास्थ्य सामग्री लिन वाइडबी बेइजिङ जान लागेको हो। भोलि बिहान जहाज बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिएर काठमाडौं फर्कने छ। बेइजिङस्थित उद्योगबाटै जहाजले अक्सिजन ल्याउने छ।
अबका केही दिन वाइडबडी जहाज अक्सिजनसहितका स्वास्थ्य सामग्री लिन हरेक दिन लगातार बेइजिङ जाने महाप्रबन्धक पौडेलले जानकारी दिए। चीनले कोरोना संक्रमित को उपचारको लागि नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा उपलव्ध गराउने जनाएको छ।
Shares
प्रतिक्रिया