ad ad

समाज


ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सञ्चालनमा ल्यायो १० शय्याको आइसोलेसन सेन्टर

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले सञ्चालनमा ल्यायो १० शय्याको आइसोलेसन सेन्टर

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ९:२४,

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले ५ बेडको अक्सिजन र अन्य १० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ।

बिहीबारदेखि ५ बेडको अक्सिजनसहितको सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष गोपीलाल स्याङ्तानले जानकारी दिए।

उनका अनुसार आज बिहीबार १ जना कोरोना संक्रमितलाई सोही आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ।

त्यसमा एक जना डाक्टर र दुई जना नर्स खटिएका छन्।

पाटन अस्पतालले अक्सिजन नभएको भन्दै बिरामी निकालिदिएपछि गाउँपालिकाले आफ्नै कार्यालय भएको वडा नम्बर १ चौघरेमा सो आइसोलेसन बनाएर बिरामीको उपचार सुरु गर्नुपरेको उनले बताए।

konjyosom3

‘पाटन अस्पतालले हाम्रो गाउँपालिकाको एक जना बिरामीलाई अक्सिजन नभएको भन्दै घर पठाएछ’, सिङ्तानले भने, ‘अनि तत्काल गाउँपालिकाले डाक्टर र नर्सको व्यवस्था गरेर ५ बेडको अक्सिजनसहित आइसोलेसन सुरु गर्ने निर्णय गरी आजबाट सेवा सुरु गर्‍यौँ। अहिले एक जना कोरोना संक्रमितको उपचार भइरहेको छ।’

गाउँपालिकाले ५ बेडमा अक्सिजन राखेको र अन्य बेडमा समेत अक्सिजनसहितको व्यवस्थापन गरिरहेको छ।

हाल कोरोना संक्रमित बोक्नको लागि एउटा एम्बुलेन्स राखेको र अन्य दुईवटा गाडीलाई भने आवश्यक परेका बेला बिरामी बोक्ने गरी तयारी अवस्थामा राखेको उनले जानकारी दिए।

सो गाउँपालिकामा पछिल्लो दिन कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गाउँपालिकाले अत्यावश्यक कामबाहेक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ।

konjyosom2

गाउँपालिकाका सम्भव रहेका स्थानलाई स्यानिटाइज गर्ने प्रक्रिया समेत सुरु भएको अध्यक्ष सिङ्तानले दाबी गरे।

‘हामीले गाउँपालिकामा अनावश्यक आवतजावत बन्द गरेका छौँ, जोखिमयुक्त स्थानलाई स्यानिटाइज गर्ने प्रक्रिया अघि बढाइएको छ। छिट्टै बैठक बसेर सो काम अगाडि बढाउँछौँ, सिङ्तानले भने।

यसैबीच गाउँपालिकाले अस्थायी डाक्टर र नर्सको नियुक्तिको विषयमा पनि निर्णय गर्ने भएको छ।

संकटको समयमा डाक्टर र नर्सहरुको अभाव हुने र ठूला अस्पताल पुर्‍याउन कठिनाइ हुने भएकोले गाउँपालिकाले आफ्नै डाक्टर र नर्स अस्थायी रुपमा राख्न लागेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .