ad ad

समाज


मध्यराति सिलौटाले हानेर पतिले गरे पत्नीको हत्या

मध्यराति सिलौटाले हानेर पतिले गरे पत्नीको हत्या

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ५:१,

घरायसी विवादमा सर्लाहीमा एक व्यक्ति आफ्नै पत्नीको हत्या गरेका छन्।

लालबन्दी नगरपालिका २ नवलपुर घर भई हाल हरिवन ११ मा बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षीया पत्नी उषा देवी कर्णको हत्या गरका प्रहरीले जनाएको छ।

हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा गरी बस्दै आएका कर्ण दम्पतीबीच आइतबार राति विवाद भएको थियो। सोहि क्रममा विजयलालले मसला पिस्ने सिलौटाले पत्नी उषाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।

घटना लगतै पति विजयलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शवलाई पोस्टमार्टमको जिल्ला अस्पताल मलंगवा लगिएको र घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .