ad ad

समाज


ललितपुरका दुई अस्पतालमा प्रशासनको अनुगमन

ललितपुरका दुई अस्पतालमा प्रशासनको अनुगमन

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १६:७,

ललितपुरका अस्पतालमा प्रशासनले अनुगमन सुरु गरेको छ। आइतबार दुईवटा अस्पतालमा अनुगमन गरेको प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

मेडिसिटी र स्टार अस्पतालमा निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोलीले अनुगनमन गरेको हो।

अनुगमनमा राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रहरी लगायतले अनुगमन गरेका हुन्। कोरोना संक्रमितको उपचारमा भइरहेको व्यवस्थापन र अस्पतालको अवस्थाबारे अनुगमन गरिएको एसपी महर्जनले बताए।

यस्तै अस्पतालका समस्या र तत्काल निवारण गर्नुपर्ने समाधानका विषय बारे पनि प्रशासनले जानकारी लिएको छ। सोमबार थप अस्पतालको अनुगमन गर्ने प्रशासनको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .