ad ad

समाज


पूर्वमन्त्री विष्टले गुल्मी पठाए ४५ वटा अक्सिजन सिलिन्डर

पूर्वमन्त्री विष्टले गुल्मी पठाए ४५ वटा अक्सिजन सिलिन्डर

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १४:३८,

पूर्वमन्त्री तथा नेकपा नेता गोकर्ण  विष्टले गृह जिल्लामा अक्सिजनका सिलिण्डर पठाएका छन्।

आइतबार ४५ थान सिलिन्डर काठमाडौंबाट विष्टले गृह जिल्ला गुल्मी पठाएका हुन्।

गुल्मीमा अक्सिजनको अभाव समाधान गर्न भन्दै १० थान गुल्मीकै समाजसेवीको सहयोग र बाँकी ३५ थान विष्टले पठाएको उनका प्रेस संयोजक मदन खनालले बताए।

पूर्वमन्त्री विष्टले जिल्लामा कोरोना संक्रमित बिरामीको अवस्था र स्वास्थ्य समस्याको बारेमा नियमित जानकारी लिइरहेका छन्।

विष्टले जिल्लामा थप स्वास्थ्य सामग्री जुटाउन पहल गरिरहेको पनि खनालले बताए।

विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .