ad ad

समाज


कांग्रेस प्रवक्ता शर्माको परिवारका सबैलाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता शर्माको परिवारका सबैलाई कोरोना संक्रमण

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १४:२७,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पूरै परिवारमा कोरोना संक्रमण पुष्टि भएको छ।

सुरुमा शर्मालाई संक्रमण देखिएको थियो।

पछि श्रीमतीलाई र आइतबार छोरी तथा छोराको रिपोर्ट पनि पोजिटिभ आएको शर्माले जानकारी गराएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘जब मान्छेलाई गाह्रो पार्छ तब मान्छे दृढ र अझ धारिलो बन्नुको विकल्प हुँदै हुन्न। छोरीछोराको रिपोर्ट पनि पोजिटिभ जो आयो।’

परिवारै संक्रमित भएपछि कोरोनालाई परास्त गर्न अझ उच्च मनोबल, सजगता र एकता साथ चारैजना समर्पित भएर लागेको पनि शर्माले बताएका छन्।

उनीहरु सबै होम आइसोलेसनमै बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .