समाज


अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि सुरु गर्दा ज्यान जोगाउन सकिन्छ


डा. अनुप सुवेदी
काठमाडौं, बैशाख २६

घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नैपर्छ (भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा) ? 

उत्तर :
स्टेरोइड औषधि खान सुरु गरिहाल्ने। यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो।

याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानि हुन सक्छ, तर अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि सुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ।

अक्सिमिटरले अक्सिजनको लेबल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ।

कि त Tab Methylprednisolone 32 mg (16 mg को २ चक्की वा 8 mg को ४ चक्की) एकैचोटि दिनको १ पटक

कि त Tab Dexamethasone 6 mg (०.5 mg का १२ चक्की) एकैचोटि दिनको १ पटक

कि त Tab Prednisolone 40 mg दिनको १ पटक खानापछि खाने।

यो औषधिले ब्लडसुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधिको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ।

औषधि खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोसिस गर्न भने छाड्नु हुँदैन।

तर यो औषधि सुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिँ अक्सिजन सुरु गर्नैनपर्ने हुन सक्छ।

यी औषधि बजारमा प्रशस्त छन्। सबैले आफूलाई आवश्यक परेका बेला मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन। अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं।

(असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौंलाई यसैगरी उपचार गर्न सल्लाह दिइरहनुपरेकाले अरू असंख्य मानिस यस्तै परिस्थितिमा भएको आकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नैपर्ने भएकाले यो लेख्दैछु।) 

बैशाख २६, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors