ad ad

समाज


घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १३:५३,

दाङमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ।

गढवा गाउँपालिका–२ महदेवाकी ४३ वर्षीया शिला चौधरीको आइतबार बिहान उनकै श्रीमानले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या अभियोगमा ४० वर्षीय धनिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

धनिरामले घरायसी विवादमा शिलालाई धारिलो हतियार खुडा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि लमही अस्पताल दाङतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .