अमेरिकी राज्य साउथ क्यारोलिनामा चट्याङले एक व्यक्तिको हातको छाता तल झारिदिएको छ।
नजिकै चट्याङ पर्दासमेत ती व्यक्तिको अवस्था सामान्य भएको जनाइएको छ। उनलाई कुनै चोट लागेको छैन।
उक्त घटनाको भिडियो सार्वजनिक भएको छ। चट्याङले ती व्यक्तिको छाता झारेपछि उनी फेरि छाता बोकेर उक्त स्थानबाट हिँडेको देखिएको छ।
प्रहरीका अनुसार उनलाई चट्याङले लागेको थिएन। नजिकै चट्याङ पर्दा तर्सिएर उनको हातको छाता तल झरेको हो।
(भिडियो)
प्रतिक्रिया