ad ad

समाज


प्रहरी अस्पतालमा २२४ कोरोना संक्रमितको उपचार हुँदै, २६ बेड थपियो

प्रहरी अस्पतालमा २२४ कोरोना संक्रमितको उपचार हुँदै, २६ बेड थपियो

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १३:४१,

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हाल २ सय २४ जना कोभिड–१९ बाट संक्रमित बिरामीको निःशुल्क उपचार भइरहेको छ।

ती मध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसीयूमा, मध्यम अवस्थाका १ सय ५ जना र सामान्य अवस्थाका ८० जना रहेको प्रहरी अस्पतालले जनाएको छ।

बिरामीहरूमध्ये प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ४३ जना तथा ८१ जना सर्वसाधारण नागरिक रहेका छन्। विरामीहरूमध्ये आइतबार उपचारका लागि अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६ जनालाई भर्ना गरिएको छ।

उपचाररत मध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको छ।

police-covide-hospital-icu2.JPG

नेपाल प्रहरी अस्पतालमा जम्मा २ सय ६४ वेड उपलब्ध छन्। ती मध्ये १ सय ६१ साधारण, ७३ एचडीयू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसीयू वेड रहेका छन्।

कोभिड–१९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्था समेत गरी अनवरत सेवा प्रदान गर्दै आइरहेको छ।

सो क्रममा हाल कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थालाई मध्येनजर राखी ईमर्जेन्सीमा अस्थाई रुपमा २६ बेड थप गरी अक्सिजनसहित उपचार प्रदान गरिएको छ।

बेड खाली हुनासाथ उनीहरूलाई स्थान्तरण गरी उपचार गरिने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .