ad ad

समाज


आज एकै दिन ४ हजार बढी संक्रमित निको भए

आज एकै दिन ४ हजार बढी संक्रमित निको भए

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:२९,

गएको २४ घण्टामा नेपालमा ४ हजार भन्दा धेरै कोरोना संक्रमित निको भएका छन्।

यो अवधिमा ४ हजार २२ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत बिहीबार देखि आजसम्म १३ हजार ४ जना डिस्चार्ज भइसकेका छन्।

यस्तै हालसम्म ३ लाख २७ हजार ८७ जनाले कोरोनालाई जितेका छन्। नेपालमा निको हुने दर ७६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा आज ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ भने आजसम्म ३ लाख ९४ हजार ६६७ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .