ad ad

समाज


उपप्रधानमन्त्री पोखरेलले महावीर पुनलाई भेट्दै गरे प्रशंसा

उपप्रधानमन्त्री पोखरेलले महावीर पुनलाई भेट्दै गरे प्रशंसा

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:२५,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाइँमा म्यागासेसे पुरस्कार विजेता एवं चर्चित नेपाली वैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

सिंहदरबारमा आइतबार भएको भेटमा कोरोनाविरुद्वको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन्।

कोरोनाविरुद्वको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको जरुरत रहेको उपप्रधानमन्त्री पोखरेलले बताए।

भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामानहरु तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए।

उनका अनुसार, आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई मानवीय हिसाबले निःशुल्क वितरण गरिसकेको छ।

वैज्ञानिक पुनले संकटकालीन अवस्था भएकाले त्यहीअनुसारको अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .