ad ad

समाज


लेबनानमा एकैपटक मरे ४० हजार केजी माछा!

लेबनानमा एकैपटक मरे ४० हजार केजी माछा!

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:२३,

एकैपटक यति धेरै मात्रामा माछा मरेपछि त्यहाँ वायु प्रदूषण फैलिएको छ।

अधिकारीहरुका अनुसार पानी प्रदूषित भएका कारण माछा मरेको हुन सक्छन्।

लेबनानको लाटिनी खोला तथा त्यस वरपरका तालका माछाहरु मरेर किनारमा तैरिएर दुर्गन्ध फैलिएपछि यो घटना सार्वजनिक भएको हो।

केही दिनमै यी माछाहरु मरेको बताइएको छ। माछा मरेपछि यसले जलक्षेत्रमा प्रदूषणले गम्भीर संकट उत्पन्न गराएको भन्दै वातावरण विदहरुले चिन्ता व्यक्त गरेका छन्।

Talking toxic blooms and mass fish deaths – CSIROscope

हाल सो क्षेत्र वरपर नजान भनिएको छ। कुहिएको माछाबाट फैलिएको दुर्गन्धले रोगहरु निम्त्याउने चेतावनी दिइएको छ।

साथै सबै माछालाई निकालेर पुर्ने कार्य थालिएको छ।

वातावरण तथा पानीमा हुने प्रदूषण नरोकिए अहिले जलचरको अस्तित्व संकटमा परेको र पछि मानव अस्तित्वमै संकटमा पर्ने वातावरणविदहरु बताउँछन्। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .