ad ad

समाज


१३ सय बिरामीले लिए महानगरको निःशुल्क एम्बुलेन्स सेवा

१३ सय बिरामीले लिए महानगरको निःशुल्क एम्बुलेन्स सेवा

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:१७,

वैशाख १६ गते यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन्।

जसमध्ये नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन्।

महानगरपालिकाका अनुसार यो संख्या नेपाल एम्बुलेन्स सेवाको वैशाख २५ गतेसम्मको र संयुक्त एम्बुलेन्स चालक संघको वैशाख २३ गतेसम्मको हो।

काठमाडौँ महानगरले बन्दाबन्दीका समयमा कोविडको संक्रमण भएका र नभएका विरामीलाई अस्पताल ल्याउन लैजान छुट्टाछुट्टै एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ।

जसमा नेपाल एम्बुलेन्स सेवा (महानगरको सहयोगमा सञ्चालित) ले कोविडको संक्रमण भएका वा शंका भएका विरामी बोक्छ भने संघबाट सञ्चालित १० वटा एम्बसलेन्सले कोविड नभएका विरामीलाई निःशुल्क सेवा दिन्छन्।

नेपाल एम्बुलेन्स सेवाले बैशाख १६ गते ४६ जना पोजेटिभ र ४ जना शंकास्पद विरामीलाई अस्पताल पु¥यायो। यस्तै १७ गते ७० जना पोजेटिभ र ६ जना शंकास्पद, १८ गते ८८ जना पोजेटिभ र ७ जना शंकास्पद, १९ गते ९९ जना पोजेटिभ, २० गते ९८ जना पोजेटिभ र १ जना शंकास्पद, २१ गते १०८ जना पोजेटिभ, २२ गते ९३ जना पोजेटिभ, २३ गते ८७ पोजेटिभ र १ जना शंकास्पद, २४ गते ६३ जना पोजेटिभ र १ जना शंकास्पद, २५ गते ८० जना पीसीआर पोजेटिभ विरामीलाई अस्पताल पु¥याएको छ।

यी विरामीमध्ये ६६५ जनालाई दिनमा र ३२३ जनालाई रातमा अस्पताल लगिएको हो।

यस अवधिमा महानगरको हटलाइन ११८० मा ५९१ जनाले फोन गरेर सेवा माग गरेका थिए। यीमध्ये ४९ जनाको सेवा नेपाल एम्बुलेन्स सेवासँग सम्बन्धित थियो। अन्य सेवामा संयुक्त एम्बुलेन्स सेवाबाट विरामी अस्पताल लैजाने ल्याउने, पीसीआर परीक्षण गर्ने, बिरामीलाई अस्पतालमा बेड मिलाइदिने, औषधिका बारेमा जानकारी, बन्दाबन्दीमा गर्न हुने र नहुने काम, सवारी कहाँ र कसरी चलाउन पाइनेलगायत प्रश्न तथा जिज्ञासाहरु थिए।

यी एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन ११८० वा सिधै एम्बुलेन्सका चालकलाई सम्पर्क गर्न सकिन्छ। कोविड जाँच गर्दा पोजेटिभ रिपोर्ट आएका र शंकास्पद आपतकालीन विरामीलाई अस्पताल लानु परे १०२ मा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .