ad ad

समाज


उपत्यकामा ४ हजार १९८ सहित देशभर थपिए ८ हजार ८५० संक्रमित

उपत्यकामा ४ हजार १९८ सहित देशभर थपिए ८ हजार ८५० संक्रमित

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ११:८,

नेपालमा गएको २४ घण्टामा ८ हजार ८५० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ तथा ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

आज ५२ जनाको निधन भएको छ। यस्तै, विभिन्न मितिमा थप २६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

आज काठमाडौं उपत्यकामा ४ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ। जसमा भक्तपुर ५०४, ललितपुर ५३३ र काठमाडौंमा ३ हजार १६१ जनामा संक्रमित रहेका छन्।

यस्तै, आज देशभर ८८ हजार १६० सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ६ हजार ७३० जना संस्थागत आईसोलेसन र ८१ हजार ४३० जना होम आइसोलेसमा रहेका मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४ हजार २२ जना संक्रमणमुक्त भएर घर फर्केका छन् भने ८३२ जना आईसीयूमा उपचाररत रहेकोमा २६७ जना भेन्टिलेटरमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .