ad ad

समाज


झापा प्रहरीले १३३ अक्सिजन ग्यास सिलिण्डर रिफिलका लागि डिलरलाई बुझायो

झापा प्रहरीले १३३ अक्सिजन ग्यास सिलिण्डर रिफिलका लागि डिलरलाई बुझायो

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १०:१५,

झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्यास सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाइएको छ ।

गत बुधबारदेखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो।

उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आ(आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरिएको साथै उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपूर्ति गर्ने व्यवस्था मिलाउने समेत सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .