ad ad

समाज


भारतमा कोरोना कारागारबाट १३ संक्रमित भागेपछि तनाव

भारतमा कोरोना कारागारबाट १३ संक्रमित भागेपछि तनाव

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १०:१४,

भारतको हरियाणा राज्यअन्तर्गत रेवाडी जिल्लामा बनाइएको कोरोना कारागारबाट शनिबार राति १३ कैदी भागेका छन्। उनीहरू सबै कोरोना संक्रमित रहेको र खोजी जारी रहेको जनाइएको छ।

शनिबार राति जेलको ग्रिल काटेर कैदी फरार भएका हुन्। आज बिहान कैदी गन्ने क्रममा १३ जना फरार भएको पत्ता लागेको हो।

घटनापछि त्यहाँ हलचल पैदा भएको छ। खबर पाउनासाथ एसपी अभिषेक जोरवाल आफैं त्यहाँ पुगेर जानकारी लिइरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण व्यापक बनेपछि रेवाडी जिल्लाको फिदेडीमा बनेको नयाँ जेललाई कोरोना कारागार बनाइएको छ। 

प्रदेशभरका जेलमा रहेका कोरोना संक्रमित कैदी/बन्दीलाई एकै ठाउँ कोरोना कारागारमा ल्याएर राखिएको हो। जहाँ अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएका करिब ४५० कैदी/बन्दी राखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .