समाज


पत्रकारको भौतिक र पेशागत सुरक्षामा ध्यान दिन महासंघका पूर्वअध्यक्षहरुको आग्रह

पत्रकारको भौतिक र पेशागत सुरक्षामा ध्यान दिन महासंघका पूर्वअध्यक्षहरुको आग्रह

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १०:५६,

नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनबाट गठन भएको नीतिगत परामर्श तथा सुझाव समितिको पहिलो बैठक सम्पन्न भएको छ।

सो समितिमा पत्रकार महासंघका पूर्वअध्यक्ष तथा निवर्तमान अध्यक्ष रहने व्यवस्था छ।

पत्रकार महासंघको संयोजनमा बसेको बैठकले कोभिड संकटको समयमा पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको सन्दर्भमा विशेष ध्यान दिन सबै सरोकारवाला निकायसँग आग्रह गरेको छ।

त्यसैगरी संकटमा परेका सञ्चार प्रतिष्ठान तथा सञ्चार संस्थालाई सहुलियत दिने सन्दर्भमा पनि बैठकले राज्यको ध्यानाकर्षण गराएको छ।

सो बैठकले पत्रकारलाई अग्रपंक्तिमा खटिने वर्ग (फ्रन्टलाइनर) घोषणा गरी उनीहरुको स्वास्थ्य र सुरक्षाको बिशेष प्रबन्ध गर्न आग्रह गरेको छ। यो बिषम परिस्थितिमा सञ्चारमाध्यम र सरकारलाई थप संवेदनशील भएर आफ्नो पेशागत भूमिका निर्वाह गर्न बैठकले जोड दिएको छ।

त्यसैगरी बैठकले समितिको कार्यविधि बनाउनका लागि निवर्तमान अध्यक्ष गोबिन्द आचार्यलाई जिम्मेवारी दिएको छ भने महासंघको तर्फबाट समितिको सदस्य सचिवको भूमिका निर्वाह गर्नका लागि पूर्वपदाधिकारीका तर्फबाट निवर्तमान सचिव प्रकाश थापालाई जिम्मेवारी प्रदान गरिएको महासचिव रोसन पुरीले जानकारी दिए।

महासंघका पूर्वसभापति तारानाथ दाहालको अध्यक्षतामा बसेको बैठकमा पूर्वअध्यक्षहरु धर्मेन्द्र झा, शिव गाउँले, महेन्द्र विष्ट र निवर्तमान अध्यक्ष गोविन्द आचार्यको सहभागिता थियो। बैठकको सञ्चालन अध्यक्ष विपुल पाख्रेलले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad