ad ad

समाज


बैतडीमा शव बोकेर सदमुकाम जाँदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु

बैतडीमा शव बोकेर सदमुकाम जाँदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ११:३,

बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक हरिशरण भट्टका अनुसार दुर्घटनामा मृत्यु हुनेमा वर्ष ५० का दीपसिंह भण्डारी, वर्ष ३० का डम्बरसिंह भण्डारी, वर्ष २७ का हिक्मतसिंह भण्डारी र वर्ष ४० का दीपकसिंह भण्डारी रहेका छन्।

दुर्घटनामा ६ जना घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि सदरमुकाम पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .