ad ad

समाज


कोरोनाबाट नराम्ररी प्रभावित भारतको मजाक गर्न चीनमा पोस्ट भयो अमानवीय तस्बिर!

कोरोनाबाट नराम्ररी प्रभावित भारतको मजाक गर्न चीनमा पोस्ट भयो अमानवीय तस्बिर!

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार १०:४१,

उक्त पोस्टमा ‘चीनमा लागेको आगो भर्सेस भारतमा लागेको आगो’ भनेर लेखिएको क्याप्सन छ।

कोरोना भाइरसले भारत प्रभावित भइरहँदा चीनले विकासको फड्को मारिरहेको तस्बिरको तात्पर्य छ।

फोटोमा चीनले आफ्नो रकेट अन्तरिक्षमा पठाउन खोजेको देखिएको छ भने भारतमा कोरोना संक्रमितको शव जलाइरहेको देखिएको छ। चीनले हालै अन्तरिक्षामा स्पेस स्टेसन बनाउनकाे लागि रकेटमा आवश्यक सामग्रीहरु पठाएकाे थियाे। साेही रकेटकाे तस्बिर त्यहाँ समेटिएकाे छ।

यसरी भारत र चीनमा लागेको आगो भनेर भारतको मजाक उडाउन विवादस्पद फोटो पोस्ट भएपछि चीनभित्रै उक्त कार्यको विरोध भएको छ।

बीबीसीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक र कानुनी मामिला आयोग ‘सीपीएलए’सँग सम्बन्धित अकाउन्टबाट उक्त पोस्ट भएको थियो।

सीपीएलए कम्युनिस्ट पार्टीको शक्तिशाली अंग हो। यसरी सामाजिक संजाल विबोमा भारतको अनादर गर्दै अमानवीय पोस्ट गरेपछि वीबो प्रयोगकर्ताले आपत्ति जनाउँदै भारतप्रति सहानुभूति देखाउनुपर्ने आवाज उठाएका छन्।

यससँगै यो पोस्ट हटाइएको छ। चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले पनि भनेका छन्,‘यो समयमा मानवताको झण्डा उचालिनु पर्छ, भारतप्रति सहानुभूति देखाउनुपर्छ र चिनियाँ समाजको नैतिकता उच्च मापदण्डमा राख्नु पर्छ। ’

हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। यहाँ दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिँदा सोही अवधिमा ३ हजार बढीको मृत्यु भइरहेको छ।

हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए।

कोरोना प्रकोपका बेला भारतमा धेरै मानिसको मृत्यु भएको, भारतले कोरोना नियन्त्रण गर्न नसकेको भनेर मजाक उडाइएपछि चीनभित्रै चिनियाँ कम्युनिस्ट पार्टीको विरोध भएको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .