समाज

Tata MotorsTata Motors

भक्तपुरमा तीन आमाछोरी आफ्नै डेरामा अचेत अवस्थामा फेला, एकको मृत्यु


नेपालखबर
काठमाडौं, बैशाख २१

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन्।

तीमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार राति काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई हाल सुर्यबिनायक नगरपालिका १० मिलनचोकमा डेरा गरी बस्ने तीनजना अचेत फेला परेका थिए।

तीमध्ये २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ। उनकी आमा ४० वर्षीया शान्तीमाया तामाङ र १८ वर्षीया छोरी अनिता तामाङ बेहास् छन्।

उनीहरुको उपचार भइरहेको छ।

सो घट्नाबारे खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द रहेको अवस्थामा फेला पारेको हो।

स्थानीयको सहयोगमा झ्याल ढोकाको चुकुल फोडी हेर्दा मुखबाट फिज काटी बेहोस अवस्थामा फेला परेका थिए।

तत्काल उपचारको लागी मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा राति १२ बजे अनिताको मृत्यु भएको हो।

कोठामा बालेको कोइला रहेको, कोठा सम्पूर्ण झ्याल ढोका भित्रबाट बन्द रहेकाले अक्सिजन अभावका कारण ज्यान गएको आशंका गरिएको छ।

मृतकको रगत र भिसेरा समेत निकाली परीक्षणका लागी पठाउने तयारी भइरहेको भक्तपुर प्रहरीले जनाएकोछ।

घटनामा बेहोस भएका २ जनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर राम्ररी बोल्न सक्ने अवस्थामा भने रहेको अस्पतालले प्रहरीलाई जानकारी दिएको छ।

बैशाख २१, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors