समाज


कोरोनाले कसलाई चिन्छ? कसलाई चिन्दैन?

कोरोनाले कसलाई चिन्छ? कसलाई चिन्दैन?

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार २:५०,

अहिले देशमा दिनप्रतिदिन कोरोना संक्रमण फैलिने क्रम बढिरहेको छ। यसैलाई नियन्त्रण गर्न भन्दै यो जानकारी लेख्दासम्म निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुगिसकेको छ। यो क्रम घट्ने देखिँदैन बढ्ने देखिन्छ।

यसै सन्दर्भमा कोरोनाबाट बच्न निरन्तर सुझाव दिइरहने जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले रमाइलो तरिकाले सचेत गराएका छन्।

उनले ‘कोरोना भाइरसले कसलाई चिन्छ? कसलाई चिन्दैन?’ शीर्षकमा बडो रोचक तरिकाले कोरोनाबाट बच्ने उपाय बताएका छन्।

पढ्नुहोस् :
–कोरोनाले घरबाहिर निस्किनेलाई चिन्छ।

–नाकमुनि वा घाँटीमुनि मास्क लगाउनेलाई चिन्छ।

–अनुहार छोइरहनेलाई चिन्छ।

–भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्छ।

–हलमा ठूलो बैठक गर्नेलाई चिन्छ।

–बारम्बार हात सफा नगर्नेलाई चिन्छ।

–कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन।

–अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन।

–यस्तो बेलामा मर्निङ वाक र इभिनिङ वाक गर्नेलाई चिन्दैन।

–भोजभतेर, जमघट तथा रमाइलो गर्नेलाई पनि चिन्दैन।

–कोठे बैठक गर्नेलाई पटक्कै चिन्दैन।

–चोक, गल्ली, पसल, तरकारी बजार तथा बाटोमा हिँड्नेलाई चिन्दैन।

–खेल्न घर बाहिर निस्किएका बालबालिकालाई चिन्दैन।

–आफन्त, छिमेकी तथा नजिकका मित्रलाई पनि चिन्दैन।

–ठूलो मान्छे र भुँइमान्छेलाई चिन्दैन।

–पावर भएका, पहुँच भएका तथा भिआइपीलाई चिन्दैन।

–प्रहरीले नदेखेको ठाउँमा पनि कोरोनाले देखेको हुन्छ।

–अस्पताल प्याक भएको थाहा पाउँदैन।

–अक्सिजनको अभाव थाहा पाउँदैन।

–कोरोना भाइरसले कसैलाई सामान्य बिरामी बनाउँछ।

–कसैलाई गम्भीर बनाउँछ।

–कसैलाई प्लास्टिकमा प्याक गराउँछ, तर कसलाई के गर्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन।

तसर्थ सकभर घरभित्र बसौं १ भेटघाट बन्द गरौँ। मापदण्ड पालना गरौँ।

यी कुरा ब्यबहारमा लागु गरेपछि कुनै चिन्ता लिनुपर्दैन। आत्तिनु पर्दैन। डर मान्नुपर्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .