ad ad

समाज


भारतीय विशेषज्ञको दाबीः दोस्रो डोज खोप लगाएपछि कोरोनाका कारण मृत्यु नहुने ग्यारेन्टी हुन्छ

भारतीय विशेषज्ञको दाबीः दोस्रो डोज खोप लगाएपछि कोरोनाका कारण मृत्यु नहुने ग्यारेन्टी हुन्छ

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १५:५३,

कोरोना खोपसँग सम्बन्धित विभिन्न जिज्ञासाबारे भारतीय पत्रिका दैनिक भास्करका रवीन्द्र भजनीले एक्सपर्ट मेडिसिन महात्मा गान्धी मेमोरियाल हस्पिटलका प्राध्यापक डा. भीपी पाण्डे र सेल्बी ग्रुप अफ हस्पिटल्सका कन्सलटिङ फिजिसियन डा. अजय परिखसँग कुरा गरेका छन्।

हाम्रा लागि पनि उपयोगी हुने भएकाले यहाँ प्रस्तुत गरेका हौं।

खोपले कोरोनालाई पूरै रोक्छ वा कोरोना संक्रमणको असर कम मात्रै गर्ने हो?

डा. अजय परिख : खोपले कोरोना संक्रमणको असरलाई कम गर्छ। यो ढाल वा रक्षाकव हो।

डा. भीम पाण्डे : खोपको प्रभावकारिता ८४ देखि ९१ प्रतिशतसम्म हुन्छ। अर्थात् खोप लगाएका ८४ देखि ९१ प्रतिशत मानिसलाई संक्रमण हुँदैन। यसको अर्थ खोप लगाएकामध्ये १६ देखि ९ प्रतिशत मानिसलाई संक्रमण हुन सक्छ। अहिलेसम्मको अनुसन्धानले संक्रमणको जटिलता कम गर्न खोप सय प्रतिशत प्रभावकारी देखिएको छ भने मृत्युलाई पनि सय प्रतिशत नै रोक्ने देखाएको छ।

खोपको पहिलो डोज लगाएपछि पनि कोरोना संक्रमण किन हुन्छ?

डा. अजय परिख : खोपको पहिलो डोज लिएपछि त्यसले शरीरलाई यो भाइरस हो, संक्रमण गर्न सक्छ भनेर जानकारी दिन्छ। त्यसपछि त्यसविरुद्ध लड्न शरीरले आफूलाई तयार पार्छ। पहिलो डोज लिएपछि दुईदेखि ४ हप्तासम्ममा केही प्रतिशत एन्टिबडी पनि बनाउँछ। यसको मात्रा फरक फरक खोपअनुसार ५० देखि ७० प्रतिशतसम्म हुन सक्छ।

डा. भीपी पाण्डे : खोपको संरचना यस्तो छ कि यो शरीरमा गएर एन्डिबडी निर्माण सुरु गर्छ। शरीरमा एन्डिबडी बन्न समय लाग्छ। खोप लगाउनेबित्तिकै संक्रमण रोकिने होइन। अहिलेको कोरोना निकै संक्रामक छ। पहिलो डोज लिएको १५/२० दिनपछि एन्टिबडी बन्न सुरु हुन्छ। जुन कोरोना रोक्न सक्षम हुँदैन। जब दोस्रो डोज लिइन्छ, त्यसलाई बुस्टर भनिन्छ।

केही मानिसलाई कोरोना खोपको दोस्रो डोज लगाइसक्दा पनि कोरोना संक्रमण भइरहेको छ, कसरी?

डा. अजय परिख : यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन। फेरि यो पनि सोच्न हुँदैन कि खोप प्रभावकारी रहेनछ। खोपको काम हो– कोरोना संक्रमणको असरलाई कम गर्ने। दोस्रो डोज लगाएको १५ दिनपछि भने भाइरसको गम्भीर लक्षण पैदा गर्ने क्षमता शून्य हुन्छ।

डा. भीपी पाण्डे : यदि दोस्रो डोज लिन ढिला गरियो भने संक्रमण हुने खतरा बढ्छ। तर दोस्रो डोज लगाएपछि हामी भन्न सक्छौं कि कोरोना संक्रमण भइहाले पनि त्यसले गम्भीर बिरामी बनाउन सक्दैन। मृत्यु त हुँदै हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .