ad ad

समाज


भारतमा अक्सिजन अभाव, एकै अस्पतालमा उपचाररत १२ कोरोना संक्रमितले गुमाए ज्यान

भारतमा अक्सिजन अभाव, एकै अस्पतालमा उपचाररत १२ कोरोना संक्रमितले गुमाए ज्यान

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ७:५७,

चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजन अभाव भएपछि उपचार नपाएरै ती कोरोना संक्रमितको मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ।

चामाराजानगर इन्स्टिट्युट अफ मेडिकल साइन्सका डाक्टरहरुका अनुसार आइतबार राति १२ देखि २ बजेको समयमा अक्सिजन प्रेसर कम भएको थियो।

त्यसबेला अक्सिजन अभाव भएपछि १२२ कोरोना संक्रमितमध्ये १२ को ज्यान गएको हो। मृतकहरु सबै भेन्टिलेटरमा उपचाररत थिए।

सो अस्पतालमा कार्यरत डाक्टर जीएम सन्जीवका अनुसार सो अस्पतालमा हरेक ३५ मनिेटमा १० अक्सिजन सिलिन्डरको आवश्यकता छ।

तर अक्सिजन सिलिन्डर समयमै अस्पताल नपुग्दा ती संक्रमितको मृत्यु भएको हो।

यो पनिः भारतमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजन अभाव, अस्पताल बाहिरै मरिरहेछन् मानिसहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .