भारतमा यसै पनि कोरोना भाइरसका संक्रामक नयाँ–नयाँ भेरिएन्ट फैलिरहेका छन्। जसको संक्रमणले देशकै अवस्था बेहाल भइरहेको छ।
यहीबीच त्यहाँका वैज्ञानिकले झन् चिन्ताजनक खबर सार्वजनिक गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा अहिलेसम्मकै खतरनाक हजार गुणासम्म बढी संक्रामक अर्काे नयाँ भेरिएन्ट फेला परेको हो।
जसलाई वैज्ञानिकले 'N440K' नाम दिएका छन्। यो म्युटेन्टले भारतका केही स्थानमा आतंक मच्चाइरहेको वैज्ञानिकले दाबी गरेका छन्।
१० देखि हजार गुनासम्म बढी संक्रामक
एक रिपोर्टका अनुसार भारतमा गत अप्रिल देखि यो मे २ तारिखसम्म २६ लाख संक्रमित थपिएका छन् भने कोरोनाकै कारण २३ हजार ८ सय जनाको मृत्यु भएको छ।
यहीबीच वैज्ञानिकले अर्काे खतरनाक भेरिएन्ट पत्ता लगाएका हुन्। वैज्ञानिकको दाबीअनुसार 'N440K' नामक यो भेरिएन्ट १० देखि हजार गुनासम्म बढी संक्रामक छ, जसका कारण भारतमा कोरोना महामारीको दोस्रो लहर चरम सीमामा पुगेको हो।
पहिलोपटक आन्ध्र प्रदेशमा
म्युटेन्ट 'N440K' पहिलोपटक आन्ध्र प्रदेशको करनुल सहरमा फेला परेको थियो। अहिले यो आन्ध्र प्रदेश, तेलंगनासहित भारतका धेरै स्थानमा तीव्र गतिमा फैलिरहेको छ।
वैज्ञानिकको दाबी छ– आन्ध्र प्रदेश र तेलंगनामा जति पनि संक्रमित थपिइरहेका छन्, तीमध्ये एकतिहाइमा यही भेरिएन्ट पाइएको छ। यो लगातार फैलिरहेको छ।
प्रतिक्रिया