ad ad

समाज


कोरोनाको दोस्रो लहरसँगै आर्यघाटमा बढ्दै छन् हृदयविदारक दृश्यहरु

कोरोनाको दोस्रो लहरसँगै आर्यघाटमा बढ्दै छन् हृदयविदारक दृश्यहरु

प्रशान्त लामिछाने/सुजन श्रेष्ठ
बैशाख १९, २०७८ आइतबार १३:५८,

आइतबार अपरान्ह पशुपति आर्यघाट।

त्यहाँस्थित विद्युतीय शवदाह गृह परिसरको गेटभित्र शवहरु सुरक्षित किसिमले राखिएका छन्।

बाहिर आफन्तको चित्कार छ।

ती शव व्यवस्थापन गर्न पीपीई लगाएका नेपाली सेनाका जवानहरुको टोलीले तयारी गरिरहेको छ।

कोरोनाको दोस्रो लहरसँगै उनीहरुमा शव व्यवस्थापनको कामको चाप बढेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढेपछि सेनाको शव व्यवस्थापन टोलीले एकै पटकमा ४ वटासम्म शव व्यवस्थापन गर्दै आएको छ।

Deathbody Pasupati corona 1

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन नेपाली सेनाको उपत्यका पृतनाले गर्दै आएको छ। पृतनामा कोभिड डेथ बडी म्यानेजमेन्ट डेस्क बनाएर सेनाले काम गरिरहेको सैनिक प्रवक्ता सन्तोष बल्लव पौडेलले बताए।

कोरोना संक्रमण बढेसँगै पशुपतिमा दैनिक १४–१५ वटा शव आउन थालेको बताउँछन् पशुपति क्षेत्र विकास कोषका सेवा सुविधा महाशाखा प्रमुख राजुकुमार रेग्मी।

Deathbody Pasupati corona 3

विद्युतीय शवदाह गृहको पछाडि वागमती किनारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्ने ठाउँ बनाउन खोजिएको भए पनि निषेधाज्ञाका कारण सो काम प्रभावित भएको उनले बताए।

‘५ वटा जति शव जलाउने स्थान बनाउने तयारी गरिएको हो,’ उनले भने, ‘निषेधाज्ञाले प्रभावित भएको छ।’

कोरोना संक्रमणबाट मृत्यु हुनेको शव यसरी नै आइरहने हो भने अहिलेको संरचनाले धान्न नसक्ने उनी बताउँछन्।

Deathbody Pasupati corona 4

यसरी गर्छ नेपाली सेनाले शव व्यवस्थापन
काठमाडौंमा नेपाली सेनाकाे उपत्यका पृतनाले कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्दै आएको छ।

पृतनामा कोभिड डेथ वडी म्यानेजमेन्ट डेस्कबाट नै शव व्यवस्थापनको संयोजन हुन्छ।

संक्रमितको मृत्यु भएपछि अस्पतालले मृत्यु प्रमाणपत्र र कोरोना संक्रमणको रिपोर्टसहित सीसीएमसीमा इमेल पठाउँछ। सीसीएमसीले त्यो सूचना नेपाली सेनालाई पठाउँछ।

Deathbody Pasupati corona 5

शव कहाँबाट उठाउने भन्नेबारे सेनाको कोभिड डेथ वडी म्यानेजमेन्ट डेस्कले संयोजन गरेर निर्देशन दिन्छ।

उपत्यकाका प्रत्येक युनिटमा शव उठाउन सेनाका २ देखि ३ टोली तयारी अवस्थामा रहने प्रवक्ता पौडेलले बताए।

प्रत्येक टिमको रोष्टर (सूची) मिलाएर काम गरिन्छ। पुरानो टिम क्वारेन्टिनमा गएपछि नयाँ टिम आउने गरी सेनाले मिलाएको छ।

Deathbody Pasupati corona 7

त्यसछि सेनाले शव व्यवस्थापनका लागि परिवारको सहमतिको हस्ताक्षर लिन्छ।

पौडेलका अनुसार दैनिक शव व्यवस्थापनमा सेनाका १ सय ५० जना खटिने गरेका छन्।

सेनाले कोरोना संक्रमण बढेसँगै देशभर बैशाख १६ गते ४९ जना, १७ गते ६१ जना र १८ गते ५५ जनाको शव व्यवस्थापन गरेको पौडेलले बताए।

थप तस्बिरहरु:

Deathbody Pasupati corona 8
Deathbody Pasupati corona 9
Deathbody Pasupati corona 10
Deathbody Pasupati corona 11
Deathbody Pasupati corona 12
Deathbody Pasupati corona 13
Deathbody Pasupati corona 14
Deathbody Pasupati corona 15
Deathbody Pasupati corona 16
Deathbody Pasupati corona 17
Deathbody Pasupati corona 18
Deathbody Pasupati corona 19

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .