ad ad

समाज


नेपाल इन्जिनियरिङ कलेजमा एक सय बेडको आइसोलेसन सेन्टर तयार

नेपाल इन्जिनियरिङ कलेजमा एक सय बेडको आइसोलेसन सेन्टर तयार

नेपालखबर
बैशाख १८, २०७८ शनिबार १३:२८,

कोरोना संक्रमित विरामीको उपचारका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा एक सय वेडको आइसोलेसन वार्ड तयार भएको छ।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजमा १ सय बेडको आइसोलेसन सेन्टर तयार पारिएको बताए। 

कलेजको ठूलो कार्यक्रम हल त्यसका लागि उपलव्ध गराएको उनले बताए। आइसोलेसन तयार पार्न सरकारले सहयोग गरेको हो।

शनिबार विहानसम्म त्यहाँ विरामी भने पुगेको छैन।

तर विरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ।

यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँ वेड विस्तार गरिएको थियो।

त्यसपछि प्रशाशनसँगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो। अहिले त्यही वेडको विस्तार गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .