ad ad

समाज


अध्ययनको दाबी : यस्ता मानिसलाई कोरोना खोपको एक डोज नै काफी

अध्ययनको दाबी : यस्ता मानिसलाई कोरोना खोपको एक डोज नै काफी

नेपालखबर
बैशाख १८, २०७८ शनिबार १३:१४,

कोरोना भाइरसविरुद्धको लडाइँमा विशेषज्ञ, खोप अभियान नै सबैभन्दा प्रभावकारी र दीर्घकालीन सुरक्षाको उपाय मान्छन्। 

विशेषज्ञका अनुसार खोपको पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्ने हुन्छ। अनि मात्र शरीरमा कोरोनाविरुद्ध पर्याप्त मात्रामा एन्टिबडी विकास हुन थाल्छ। अर्थात् कोरोनाबाट सुरक्षित हुन खोपका दुई मात्रा लिनुपर्छ।

यसविपरीत पेन इन्स्टिच्युट अफ इम्युनोलोजीका अनुसन्धानकर्ताले गरेको अनुसन्धानले भने के दाबी गरेको छ भने जो मानिस कोरोनाबाट पहिले संक्रमित भइसकेका छन्, तिनलाई खोपको दुई डोज आवश्यक पर्दैन, पहिलो डोज नै पर्याप्त हुन्छ। आउनुहोस्, यस अध्ययनको अर्थबारे बुझौं।

‘साइन्स इम्युनोलोजी’ मा प्रकाशित अध्ययन प्रतिवेदनमा अनुसन्धानकर्ताले भनेका छन्, ‘जुन मानिसलाई कोरोना संक्रमण भइसकेको छ, उसलाई खोपको पहिलो डोज दिनेबित्तिकै एन्टिबडी बढेको पाइयो, दोस्रो डोज दिँदा यसको मात्रामा खासै ठूलो परिवर्तन पाइएन।’

अमेरिकामा धेरै मानिसमा गरिएको अध्ययनका आधारमा वैज्ञानिकले यस्तो नतिजा निकालेका हुन्।

एन्टिबडीले कसरी दिन्छ सुरक्षा?
उक्त अध्ययनलाई बुझ्न पहिले एन्टिबडीले कोरोनाविरुद्ध कसरी सुरक्षा दिन्छ भन्ने कुरा जान्न जरुरी हुन्छ। शरीरमा दुई किसिमका एन्टिबडी हुन्छन्। पहिलो– टी किलर कोष, जसले भाइरसलाई मार्छ, दोस्रो– बी कोष, जसले भविष्यमा भाइरसले दोस्रोपटक आक्रमण गर्दा त्यसलाई चिनेर त्यसविरुद्ध प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने काम गर्छ।

अनुसन्धानकर्ताका अनुसार अमेरिकामा कोरोना संक्रमण भइसकेको व्यक्तिमा खोपको पहिलो डोजपछि नै एन्टिबडीको प्रभाव निकै राम्रो देखियो। अध्ययनका लेखक ई जान भेरी भन्छन्, ‘यो नतिजा अल्पकालीन र दीर्घकालीन खोपका लागित उत्साहजनक छ। सामान्यतया खोपको पहिलो डोजले एन्टिबडीको विकास गर्छ भने दोस्रो डोजले त्यसलाई बढाउने काम गर्छ। तर संक्रमण भइसकेका व्यक्तिलाई भने पहिलो डोजले नै दोस्रो डोजको काम गरेको पाइयो।’

धेरै देशमा संक्रमितलाई एक डोज मात्र
उक्त अध्ययनबाहेक अन्य धेरै अध्ययनले पनि उक्त दाबी पुष्टि गरेका छन्– संक्रमित मानिसका लागि केवल एक डोज पर्याप्त हुन्छ। ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टअनुसार फ्रान्स, स्पेन, इटली तथा जर्मनीजस्ता केही देशले कोरोना संक्रमण भइसकेका व्यक्तिलाई खोपको एक मात्रा मात्र लगाउने रणनीति अपनाएका छन्।

यस्तै न्यु इङ्ग्यालन्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार जुन मानिस संक्रमित भइसकेका छन्, तिनको शरीरमा खोपको एक डोज दिँदै अन्य मानिसलाई दुई डोज दिएको भन्दा बढी एन्टिबडी बनेको पाइएको छ।

भारतमा यस अध्ययनको अर्थ के?
भारतमा अहिलेसम्म यस्तो अध्ययन भएको छैन, त्यसैले यस विषयमा यहाँका वैज्ञानिक केही बोलिरहेका छैनन्। भारतमा सबै मानिसलाई दुई डोज नै दिने क्रम चलिरहेको छ। तर उक्त अध्ययन ती देशका लागि पनि वरदान साबित हुन सक्छ, जुन देशमा पर्याप्त खोप उपलब्ध हुन सकेको छैन। स्रोत : अमर उजाला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .