ad ad

समाज


भारतमा कोरोना संक्रमित बनेका चिनियाँ नागरिक आफ्नो सरकारलाई यसो भन्छन्...

भारतमा कोरोना संक्रमित बनेका चिनियाँ नागरिक आफ्नो सरकारलाई यसो भन्छन्...

नेपालखबर
बैशाख १८, २०७८ शनिबार ११:५०,

यतिबेला कोरोना महामारी सुरुवात भएको झन्डै डेढ वर्ष पुग्न लागेको छ। यद्यपी यसको प्रभाव अझै कम भएको देखिँदैन।

खोपको विकाससँगै भाइरस नियन्त्रणमा आउने अनुमान गरिएको थियो। यद्यपी भारत यतिबेला विश्वकै कोरोना हटस्पट बनेको छ।

भारतमा दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिरहेका छन् सोही अवधिमा ३ हजारबढीको त्यहाँ मृत्यु भइरहेको छ।

कयौं चिनियाँ नागरिक व्यापार लगायत अन्य सिलसिलामा भारतमा जाने गरेका छन्। त्यहाँ चिनियाँ नागरिकहरु पनि कोरोनाबाट संक्रमित भएका छन्।

ग्लोबल टाइम्स पत्रिका चीनको मुखपत्रको रुपमा परिचित छ। यस पत्रिकामा छापिने समाचार तथा लेख चीन सरकारको नीतिको रुपमा लिने गरिन्छ।

भारतमा कोरोनाको अवस्थाको बारेमा पनि यस पत्रिकामा समाचारहरु आइरहेको छ। बुधबार मात्र एक रिपोर्ट प्रकाशित भएको छ।

त्यहाँ भारतमा रहेका कोरोना संक्रमित व्यक्तिहरु कस्तो अवस्थामा छन् र उनीहरुले भारतमा के देखेका छन् भनेर उल्लेख गरिएको छ।

रिपोर्टमा के भनिएको छ?

पत्रिकामा लेखिएको छ,‘भारतमा रहेका चिनियाँ नागरिक कोरोना महामारीको सबैभन्दा जटिल समय झेलिरहेका छन्।

बुधबार भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या दुई लाख नाघेको छ।

दिल्लीमा कोरोना संक्रमित भएका चिनियाँ नागरिक निको याङ्गले ग्लोबल टाइम्ससँग भनेका छन्,‘सबै शय्या भरिएका छन्। गरिब होस् या धनी अस्पतालमा ठाउँ छैन।’

निको सेल्फ क्वारेन्टिनमै बसेर निको भएका हुन्।

भारतमा अहिले कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको समाचारमा जनाइएको छ। अस्पतालमा उपचारको सुविधा नपाएपछि कोरोना संक्रमित अकालमै ज्यान गुमाइरहेका छन्।

मृतकको संख्या यति बढेको छ कि अन्त्येष्टीको लागि घण्टौं कुर्नुपर्ने अवस्था छ। अन्त्येष्टीका लागि चाहिने सामग्रीहरु सकिरहेका छन्।

शवदाहगृह भरिएकाले त्यहाँका पार्कमा लाशहरु जलाइएका छन्।’

यो पनिः भारतमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजन अभाव, अस्पताल बाहिरै मरिरहेछन् मानिसहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .