झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका-३ सयपत्री टोलस्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेका सोही ठाउँ बस्ने १४ वर्षीय सुजन चौहानको सशस्त्र प्रहरीको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश टिमाईबाट तत्कालै खटिएको एपीएफ टोलीले उनलाई सकुशल उद्वार गरेको हो।
उनीसँगै पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सोही ठाउँ बस्ने १३ वर्षीय नितेश पौडेलको शव समेत फेला पारिएको छ।
3
Shares
प्रतिक्रिया