ad ad

समाज


काभ्रेमा कुकुर र नवलपरासीमा गिद्ध मार्नेलाई कडा कारबाही गर्न माग

काभ्रेमा कुकुर र नवलपरासीमा गिद्ध मार्नेलाई कडा कारबाही गर्न माग

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ५:७,

काभ्रेमा चरम यातना दिई कुकर मारिएको तथा नवलपरासीमा ठूलो संख्यामा गिद्ध मरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भेटेरिनरी एसोसिएनले जनाएको छ।

साथै एसोसिएसनले दुवै घटनाका दोषीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २९० बमोजिम कडा कारबाही गर्न पनि माग गरेको छ।

केही दिनअगाडि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित २८ किलो भन्ने स्थानमा केही मानिसले एउटा कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटीकुटी मारेका थिए भने नवलपरासीको रामग्राम नगरपालिका–४, जितपुरमा ठूलो संख्यामा गिद्ध मरेका थिए।

नवलपरासीमा पहिले विष खुवाएर केही कुकुर मारिएको र त्यसैको मासु खाँदा ठूलो संख्यामा गिद्ध मरेको आशंका एसोसिएसनको छ।

एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उच्चस्तरीय समिति बनाई घटनाको सत्यतथ्य जाँचबुझ गरी यस्ता अमानवीय कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित स्थानीय प्रशासनसँग एसोसिएसन जोडदार माग गर्दछ।’

साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन र पशु कल्याणको सुनिश्चितताका लागि सरकारले जारी गरेको पशु कल्याण निर्देशिका २०७३ मा उल्लिखित पशु कल्याणका आधारभूत पक्षमा ध्यान पुर्‍याउनसमेत सबै सरोकारवालालाई एसोसिएसनले अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .