ad ad

समाज


जर्ज फ्लोएड हत्या प्रकरण : घाँटी थिच्ने पूर्वप्रहरी अधिकारी दोषी ठहर

जर्ज फ्लोएड हत्या प्रकरण : घाँटी थिच्ने पूर्वप्रहरी अधिकारी दोषी ठहर

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ४:३९,

अमेरिकाका अश्वेत नागरिक जर्ज फ्लोएड हत्यामा मिनियापलिसका पूर्वप्रहरी अधिकारी डेरेक शोभिनलाई अदालतले दोषी ठहर गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वासिङ्टनस्थित हेनेपिन काउन्टी अदालतले पूर्वप्रहरी अधिकारी शोभिनले फ्लोएडको हत्या नै गरेको फैसला सुनाएको हो।

अदालतले उनलाई तीन किसिमको हत्या कसुर गरेको ठहर गरेको छ। उनले सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशयबिनाको गैरकानुनी हत्या गरेको प्रमाणित भएको हो।

पहिलो दोस्रो दर्जाको हत्यामा अधिकतम ४० वर्ष जेल, तेस्रो दर्जाको हत्यामा २५ वर्ष जेल र आशयबिनाको हत्यामा १० वर्ष जेल र २० हजार डलर जरिवाना दुवै सजाय हुने प्रावधान छ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले फैसलाको स्वागत गरेका छन्।

गत वर्ष मे महिनामा अश्वेत अमेरिकी फ्लोएडलाई पक्राउ गर्ने क्रममा ४५ वर्षीय श्वेत जातिका प्रहरी अधिकारी डेरेक शोभिनले ९ मिनेटभन्दा बढी समय घुँडाले उनको घाँटी थिचेका थिए। त्यो दृश्यको भिडिओ विश्वभर भाइरल भएको थियो। जसले गर्दा रंगभेदविरुद्ध विश्वव्यापी आन्दोलन चर्किएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .