ad ad

समाज


काठमाडौंमा पालना गर्नुपर्ने १३ बुँदे निर्देशन जारी, नगरे कारबाही हुने

काठमाडौंमा पालना गर्नुपर्ने १३ बुँदे निर्देशन जारी, नगरे कारबाही हुने

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १२:५०,

कोरोना नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १३ बुँदे निर्देशन जारी गरेको छ।

मंगलबार जारी निर्देशनमा शैक्षिक संस्थादेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हललगायत भीड हुने स्थानसम्म सबै वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ।

सार्वजनिक सवारीसाधनमा स्वाथ्य मापदण्ड पालना गर्न, २५ जना भन्दा बढी भेला नहुन तथा मठमन्दिरमा पूजा/प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन निर्देशन दिइएको छ। 

१३ बुँदामा उल्लेख आदेशको अवज्ञा गरे वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

विस्तृत जानकारी तलको सूचनामा : 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .