ad ad

समाज


चितवनको अयोध्यापुरी नै राम जन्मभूमि दाबी गर्दै यसरी स्थापना हुँदै छ मूर्ति

चितवनको अयोध्यापुरी नै राम जन्मभूमि दाबी गर्दै यसरी स्थापना हुँदै छ मूर्ति

वसन्त अर्याल
बैशाख ७, २०७८ मंगलबार १०:१३,

रामनवमीको दिन चितवनको अयोध्यापुरीमा राम र सीताको मूर्ति स्थापना हुँदै छन्।

चितवनको अयोध्यापुरी नै रामको जन्मभूमि भएको दाबी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मूर्तिको पूजा गरी शोभायात्रालाई मंगलबार विदाइ गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा बुधबार रामनवमीको अवसरमा अयोध्यापुरीमा सभा गर्दै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिनलागेको हो।

‘प्रधानमन्त्री ओलीले बालुवाटरमा पूजा गरेर विदाइ गरिसक्नुभएको छ’, संस्कृति मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भने, ‘भजन कीर्तनसहितको समारोह गरी रथयात्राको विदाइ भएको छ। भोलि अयोध्यापुरीमा मूर्ति स्थापना हुन्छन्।’

मंगलबार प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले मूर्तिको पूजाआजा गरेका थिए।

pmayodhya
गत माघ २५ मा चितवनका जनप्रतिनिधिलाई राम–सीताको मूर्ति देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली।

प्रधानमन्त्री ओलीले गत असारमा बालुवाटारमा भएको २०७ औँ भानुजयन्तीको कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्या नभएर चितवनको अयोध्यापुरी भएको दाबी गरेका थिए ।

ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई काठमाडौं बोलाएर अयोध्यापुरीमा गुरुयोजनासहित राममन्दिर बनाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले प्रधानमन्त्रीको व्यक्तिगत खर्चबाट मूर्ति निर्माण गरेको जानकारी दिए।

‘सरकारी खर्चबाट बनाएको भए त बाहिर आइहाल्छ नि!’, बजगाईंले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीले आफ्नै खर्चमा मूर्ति बनाउन लगाउनुभएको हो।’

उनले गुरुयोजनासहित मन्दिर बनाउन बजेटको कुनै अभाव नहुने बताएका थिए। हाल अयोध्यापुरीमा अस्थायी मन्दिर तथा सत्तल निर्माण भइसकेको छ।

त्यहाँ स्थायी मूर्ति निर्माण गर्दै अयोध्यापुरी धाम निर्माणको लागि गुरुयोजना तयार भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्।

‘अहिले अस्थायी मन्दिर बनाएर मूर्ति राखिँदै छ। भविष्यमा गुरुयोजनाअनुसार अयोध्याधामको विकास गरिनेछ’, एमाले नेता तथा वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीले भने, ‘अहिले मूर्ति स्थापनापछि शालिग्राम स्थापना हुन्छ। त्यसपछि सर्वसाधारणका लागि पूजा गर्न मिल्ने गरी खुल्ला हुनेछ।’

भिडिओ- 

राम–सीताका मूर्ति बालुवाटारमा पूजा गरेर चितवन पठाइयो

राम–सीताका मूर्ति बालुवाटारमा पूजा गरेर चितवन पठाइयो

Posted by Nepalkhabar on Monday, April 19, 2021

चितवनबासीको सहभागितामा मूर्ति स्थापना हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट विदाइ गरेको सीताराम शोभायात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सहभागितामा अयोध्यापुरीमा सभा गर्दै मूर्ति स्थापना हुनेछ।

राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति गाडीलाई रथको रुपमा प्रयोग गर्दै छुट्टाछुट्टै गाडीमा यात्रा पठाइएको छ।

सुवेदीका अनुसार मंगलबार बिहान ओलीले विदा गरेको शोभायात्रा साँझ ४ देखि ५ बजेभित्र दासढुंगा पुग्नेछ। शोभायात्रा मंगलबार साँझ देवघाट गलेश्वर आश्रममा पुगेर रोकिनेछ। त्यहाँ देवघाट क्षेत्र विकास समितिले शोभायात्रालाई भव्य स्वागत गर्नेछ।

बुधबार बिहान देवघाटबाट बाह्मणहरुबाट स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पूजापाठ गरेर विदाइ हुनेछ। बिहान ९ बजे देवघाटबाट आँपटारी आइपुग्ने कार्यक्रम छ।

त्यहाँबाट हाकिम चोक हुँदै माडी जानेछ। माडी पुगेपछि कलशयात्रा भई मूर्ति अयोध्याधाम पु¥याइनेछ। अयोधाधाम पुगेपछि सभा गर्ने कार्यक्रम छ।

ram sita bidai20

पर्यटनमन्त्री भानुभक्त ढकाल र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा हिन्दू धर्मका धर्मगुरुको उपस्थितिमा मूर्ति स्थापनाको कार्यक्रम गर्न लागिएको उनले बताए।

‘धार्मिक कार्यक्रम हो। आस्था राख्ने हरेक मानिसले मूर्तिलाई स्वागत गर्नुहुनेछ’, सुवेदीले भने, ‘कोभिडको कारण बढी भीडभाड हुने भएकाले स्वास्थ्य सर्तकता अपनाउन पनि भनेका छौँ।’

कार्यक्रममा संस्कृतिमन्त्री ढकालसहित सचिव यादव कोइराला, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सभामुख समेत कार्यक्रममा उपस्थित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .