ad ad

समाज


नागार्जुनको जंगलमा भीषण डढेलो, नियन्त्रणका लागि चार दमकलसहित सेना–प्रहरी परिचालन (भिडिओ)

नागार्जुनको जंगलमा भीषण डढेलो, नियन्त्रणका लागि चार दमकलसहित सेना–प्रहरी परिचालन (भिडिओ)

नेपालखबर
चैत २९, २०७७ आइतबार ९:२७,

काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ।

आइतबार बिहान ११ बजेबाट बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरु भएको र अहिले क्रमशः फैलिँदै गएको काठमार्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

उनले अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्रलगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए।

आगो नियन्त्रणका लागि अहिले चारवटा दमकलको प्रयोग भइरहेको बताए। 

‘निकुञ्जको जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अहिले सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरेका छौँ’, प्रजिअ पराजुलीले नेपालखबरसँग भने, ‘चारवटा दमकलको प्रयोग गरेका छौँ।’

भिडियो: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .