ad ad

समाज


बाढीका कारण चीनको कोइला खानीमा फसे २१ कामदार

बाढीका कारण चीनको कोइला खानीमा फसे २१ कामदार

नेपालखबर
चैत २९, २०७७ आइतबार ६:४७,

सिन्ह्वाका अनुसार शनिबार २९ जना कामदारले काम गरिरहेको खानीमा बाढीको पानी भरिएको थियो। हालसम्म ८ जनाको उद्धार गरिएको छ।

हुटुबी काउन्टीको खानीमा फसेका २१ जनालाई हाल उद्धारको प्रयास जारी राखिएको बताइएको छ।

उद्धारकर्ताका अनुसार हाल श्रमिकहरु फसेको स्थान पत्ता लागिसकेको छ।

उनीहरुलाई सास फेर्न गाह्रो हुन नदिनको लागि खानीमा अक्सिजन पम्प गरिएको छ। साथै पानीलाई पनि बाहिर फ्याँक्ने काम जारी राखिएको छ।

चीनका खानीहरु विश्वमै खतरनाक मानिन्छन्। गत जनवरीमा मात्र सान्दोङको सुनखानीमा बिस्फोट हुँदा दुई कामदारको मृत्यु भएको थियो।

त्यसअघि गत डिसेम्बरमा चोङकिङको एक खानीमा २३ जनाको मृत्यु हुँदा त्यसको तीन महिना अगाडि अर्को कोइला खानीमा १६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .