ad ad

समाज


बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ११:१२,

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ।

९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ।

एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले उनीसँग विवाह गरेका थिए।

उनीहरुका चार सन्तान जन्मिएका थिए भने ८ नातिनातिना र १० पनाति–पनातिनी जन्मेका थिए।

prince_philip_3216136_1.jpg

राजकुमार फिलिप १९२१ मा ग्रिसमा जन्मेका थिए। उनी १८ महिनाको छँदै उनको परिवार ग्रिसबाट विस्थापित भएको थियो।

पछि उनी बेलायती नौसेनामा भर्ती भए। दोस्रो विश्वयुद्धकै क्रममा उनले राजकुमारी एलिजावेथलाई भेटेका थिए।

एलिजावेथ महारानी बनेपछि राजकुमार फिलिपले नौसेनाको जागिर छाडेका थिए। त्यतिबेला महारानीको पतिको भूमिका के हुने, स्पष्ट थिएन।

उनले बेलायती उद्योग–व्यवसाय, वातावरणीय मुद्दालगायतलाई समर्थन गर्न थाले।

_86210860_pa-4473111.jpg

बेलायती राजपरिवारको आधुनिकीकरणमा उनको भूमिका महत्वपूर्ण मानिन्छ। तर, खासगरी राजकुमारी डायनाको निधनपछि राजपरिवार सार्वजनिक आलोचनाको निसानामा परेको थियो।

उनले सन् २०१७ बाट भने सार्वजनिक जिम्मेवारीबाट विदा लिएका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .