ad ad

समाज


पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ (फोटोफिचर)

प्रविन कोइराला
चैत २३, २०७७ सोमबार ७:२४,

नेपाल आयल निगमले केही समययता निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको विरोध गरेको छ।

नेकपा–एमालेको माधवकुमार नेपाल पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सोमबार मूल्यवृद्धिविरुद्ध आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालय घेराउ गरेको छ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ। इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाइ छ। 

निगमले एकातर्फ नियमित मूल्यवृद्धि गरिरहेको छ भने अर्कोतर्फ निगम घाटामा रहेको पनि बताइरहेको छ। यति नै बेला अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भाउ घटेको छ।

petrol price increase protest1
petrol price increase protest2
petrol price increase protest3
petrol price increase protest4
petrol price increase protest5
petrol price increase protest6
petrol price increase protest7
petrol price increase protest8
petrol price increase protest10
petrol price increase protest11

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .