ad ad

समाज


जवानीमा हत्या, बुढेसकालमा सजाय

जवानीमा हत्या, बुढेसकालमा सजाय

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार १०:२६,

३७ वर्ष अघि ब्यक्ति हत्यामा संलग्न बाराका एक अभियुक्त हालै पक्राउ परेका छन्।

बारा जिल्लाको साविक मधुरी जब्दी गाउ पंचायत वडा नं–३ हाल महागढीमाई नगरपालिका वडा नं–११ मधुरी टोल बस्ने बिरबहादुर चौधरी सोही स्थानका सुकदेव साह सोनारको वि.स. २०३९ साल जेठ ८ गते शनिबारका दिन हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।

चौधरी समेतको संलग्नतामा सोनारलाई घरबाट बोलाई लगी सोही राति निजको घाटी रेटी हत्या गरेर मृतककाे लाश गाउँ नजिकै रहेको डेरा नदीमा फालेको प्रहरीले जनाएको छ।

कर्तव्य ज्यान मुद्दामा तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालत हेटौंडाको मिति २०४३ फागुन १९ गते र सर्वोच्च अदालतको मिति २०४५ असोज १७ गतेको फैसलाले निज प्रतिवादी बिरबहादुर चौधरीलाई जन्म कैद (२० वर्ष) हुने ठहरी फैसला भएकोमा फरार रहेका निज बीर बहादुर चौधरी थारूलाई मंगलबार प्रहरीले पक्रेको हो।

चौधरीलाई लागेको कैद भुक्तानको लागी बिरगंज कारागार पठाईएको छ।
सोही मुद्धामा सर्वश्व सहित जन्मकैद हुने ठहरी फैसला भएका प्रतिवादी पलट साह सोनार गत २०७५ भदौ ५ गते पक्राउ परी हाल सोही कारागारमा कैद भुक्तान गरि रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .