समाज

Tata MotorsTata Motors

सुन्धारा कारागारमा रहेका चार्ल्स शोभराजका अन्तर्वार्ता जब अचानक विदेशी सञ्चारमाध्यममा आए...

कर्तव्य ज्यान मुद्दामा हाल काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका चार्ल्स शोभराज।


नेपालखबर
काठमाडौं, चैत १७

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कुख्यात् अपराधी चार्ल्स शोभराजका अन्तर्वार्ता बेलायती अखबारमा छ्यापयाप्ती भएपछि कारागार व्यवस्थापन विभाग आश्चर्यचकित भएको छ।

हत्या कसुरमा २० वर्षदेखि जेल जीवन बिताइरहेका शोभराजका अन्तर्वार्ता बेलायती सञ्चारमाध्यम  डेलीमेल र सन्डे मिररमा प्रकाशन भएका हुन्।

कारागारमा रहेका कसुरदारले सार्वजनिक अभिव्यक्ति दिँदा काराागर प्रशासनको अनुमति लिनुपर्ने हुन्छ।

तर शोभराजलाई त्यस्तो अनुमति नदिँदा नदिँदै पनि उनको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा आएपछि कारागार व्यवस्थापन विभाग आश्चर्यमा परेको हो।

उनको अन्तर्वार्ताका लागि विभागसँग अनुमति मागिएको तर नदिइएको विभागका सूचना अधिकारी देवर्षी सापकोटाले दाबी गरेका छन्। तर पनि अन्तर्वार्ता आएकाले अब यसबारे छानबिन हुने विभागले जनाएको छ।

सन्डे मिररसँग शोभराजले अब चाँडै आफू रिहा हुन लागेको बताएका छन्। साथै उनले आफू निर्दोष रहेको दाबीसमेत गरेका छन्।

‘म पूर्णतया निर्दोष छु। अब तीनदेखि चार सातासम्ममा रिहा हुनेछु,’ शोभराजले भनेका छन्।

सन् २००४ मा आफूविरुद्ध भएको सुनुवाइ गलत भएको र राष्ट्रसंघीय मानव अधिकार समितिको नीतिविपरित भएको उनले दाबी गरेका छन्।

उनले भनेका छन्, ‘सन् २०१० जुलाई २७ मा आयोगको १२ सदस्यीय समितिले गरेको निर्णयले म निर्दोष छु भन्ने पुष्टि भएको छ।’

चैत १७, २०७७, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors