ad ad

समाज


काठमाडौंको घातक वायु प्रदूषणबाट बच्न विज्ञका १७ सुझाव

काठमाडौंको घातक वायु प्रदूषणबाट बच्न विज्ञका १७ सुझाव

नेपालखबर
चैत १६, २०७७ सोमबार १४:४०,

विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये काठमाडौं अहिले पहिलो नम्बरमा परेको छ। केही दिनयता उपत्यकाको वायु निकै घातक देखिएको विज्ञले बताएका छन्। वायु प्रदूषणकै कारण सरकारले शनिबारसम्मका लागि सबै विद्यालय बन्द गराएको छ।

यसै सन्दर्भमा काठमाडौं उपत्यकाको घातक प्रदूषणको असर कम पार्न के गर्न सकिन्छ भन्ने विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले १७ सुझाव दिएका छन्– 

विश्वको नम्बर १ प्रदूषित काठमाडौंमा अहिले देखिएको घातक प्रभाव कम गर्नका लागि सरकार तथा नागरिकले होस्टेमा हैंसे गरौँ। 

–कुनै पनि वस्तु जलाउने काम बन्द गरौँ

–ग्यासको प्रयोग कम गरौँ

–प्रयोग नभएको बेला विद्युत् बन्द गरौँ

–एसीको साटो पंखा प्रयोग गरौँ

–सबैले सवारीसाधन सकभर प्रयोग घटाऔं

–दाउरा, गुइँठा आदि नबालौं

–बार्बिक्युलगायत धुवाँ आउने काम नगरौं

–स्कुलरकलेज १ हप्ता बन्द गरौँ

–यातायातमा जोरबिजोर प्रणाली लागू गरौं

–प्लास्टिक कडाइका साथ नियन्त्रण गरौँ

–बगैंचा आदिमा ब्लोअरलगायतका ग्यास पाउडर प्रयोग नगरौं

–अत्यावश्यक काम बाहेक घरमै बसौं

–दीर्घबिरामी तथा ज्येष्ठ नागरिक अनिवार्य रूपमा घरभित्र बसौं

–घरबाहिर जाँदा डबल मास्क प्रयोग गरौँ

–चुरोटरहुक्का सेवन नगरौं

–ग्यास स्टोभको प्रयोग नगरौं

–कुनै एलर्जी देखिएमा (आँखा चिलाउने/पोल्ने, छालामा चिलाउने, सास फेर्न गाह्रो हुने भएमा) नजिकको स्वास्थ्य संस्थामा जाऔं

यो प्रदूषण केही दिन रहन्छ। प्रदूषित हावामा भएका माइक्रो पार्टिकल फोक्सो तथा रक्ताप्रवाहमा जान सक्छन्। जसले गर्दा केही समयपछि गम्भीर असर देखिन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .