काठमाडौंका धारामा वितरण गर्नुअघि मेलम्चीको पानी धोबीखोलामा खसालिएको छ।
मेलम्चीको पानीलाई थोक वितरण प्रणालीको पाइपलाइन फ्लस गर्दै शुक्रबार चाबहिलनजिकैको धोबीखोलामा खसालिएको हो। योसँगै धोबीखोलामा सङ्लो पानी बगेको छ।
आइतबारदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीका घरघरका धारामा वितरण गर्ने तयारी छ।
मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।
‘आइतबार र सोमबार दैनिक ४ करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले जानकारी दिएका छन् ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ।’
पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटरभन्दा धेरै वितरण हुने खानेपानी मन्त्रालयले जनाएको छ।
मेलम्चीको पानी चाबहिलनजिक धोबीखोलामा खसालिएको दृश्य हेर्नुहोस् :
मेलम्चीको पानीले Bulk Distribution System Pipeline लाई flush गर्दै धोबीखोला चावहिलमा खसालिदैं। आईतबारबाट वितरण गरिने। पहिलो दुई दिन ४ करोड त्यसपछि ६.५ करोड़ र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने। सबैलाई बधाई! pic.twitter.com/K6tdiY1dcJ
— Madhav Belbase (@BelbaseMadhav) March 26, 2021Shares
प्रतिक्रिया