ad ad

समाज


कोरोनाको दीर्घकालीन प्रभाव भएका बिरामीको अनुभव सुन : डब्लूएचओ

कोरोनाको दीर्घकालीन प्रभाव भएका बिरामीको अनुभव सुन : डब्लूएचओ

नेपालखबर
फागुन १३, २०७७ बिहिबार २३:३८,

कोभिड-१९ को दीर्घकालिन असरबाट मुक्त भएका व्यक्तिले सुनाएका अनुभव स्वास्थ्यकर्मीले विशेष प्राथमिकताका साथ सुन्नुपर्नेमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जोड दिएको छ।

कोभिड–१९ ले निम्त्याउने दीर्घकालीन परिणामलाई स्वास्थ्य अधिकारीले प्राथमिकतामा राख्नु बिरामीका साथै रोगबारे हुने अनुसन्धानका लागि पनि महत्वपूर्ण विषय भएको डब्लूएचओको युरोप शाखाले जनाएको छ।

डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले पत्रकार सम्मेलनमा भने, ‘यदि कोभिड–१९ सङ्क्रमणबाट निको भएका व्यक्तिका अनुभवहरू सुन्यौँ भने यसले कोभिडका कारण हुने दीर्घकालीन असरलाई बुझ्न सहज हुनेछ। यो निकै महत्वपूर्ण कुरा हो । यो हरेक स्वास्थ्यकर्मीका लागि मननीय तथ्य हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .