ad ad

समाज


हेटौँडामा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

हेटौँडामा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ४:२५,

हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ।

बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापश्चात ट्रक चालक फरार छन् । उनको खोजी हुनुका साथै ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुर प्रहरीका अनुसार मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा छ। परीक्षणका लागि शव हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .