खोपको मुख्य उद्देश्य मृत्युदर कम गर्नु हो। कारणवश कोरोना महामारीको दोस्रो लहर आयो भने जुन वर्ग बढी जोखिममा हुन्छ, उक्त वर्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।
–फ्रन्ट लाइनका स्वास्थ्यकर्मी
–ज्येष्ठ नागरिक जसलाई दीर्घरोग पनि छ
–ज्येष्ठ नागरिक जसलाई दीर्घरोग छैन
–वयस्क जसलाई दीर्घरोग छ
–अन्य पेसाकर्मी जो जनतासँग प्रतक्ष्य सम्पर्कमा रहेर काम गर्छन्
–बसचालक/हेल्पर, शिक्षण पेसामा संलग्न व्यक्तिहरू
–वयस्क जसलाई दीर्घरोग छैन
–एकपटक कोरोना संक्रमण भएका व्यक्ति (यो समूहलाई न्याचुरल एन्टिबडीले काम गरेको हुन्छ)
–१८ वर्षमाथिका सबै व्यक्ति
खोपको अन्तर कति गर्ने?
४ हप्ताको अन्तरमा दोस्रो मात्रा लिँदा कोभिसिल्ड खोप ५४.९ प्रतिशत प्रभावकारी देखिएको छ भने ८ देखि १२ हप्तामा दोस्रो मात्रा लिँदा ८२.४ प्रतिशत प्रभावकारी देखिएको अनुसन्धानले देखाएको छ।
पहिलो मात्राले लगाएको २२ दिन देखि ९० दिनसम्म कोरोना संक्रमण हुने सम्भावना ६७ प्रतिशत कम हुन्छ भने संक्रमण भएर गम्भीर हुने वा मृत्यु हुने सम्भावना अन्त्यन्त न्यून हुने अध्ययनले बताएका छन्।
नयाँ प्रजातिमा प्रभावकारिता
कोभिसिल्ड खोप बेलायतबाट फैलिएको नयाँ प्रजातिलाई प्रभावकारी देखिएको छ। तर अफ्रिकामा फैलिएको प्रजातिमा १० प्रतिशत मात्र प्रभावकारी देखिएको छ। यसैले अक्सफोर्ड र एस्ट्रेजेनेकाले सेप्टेम्बरसम्म यस प्रजातिलाई पनि काम गर्नेगरी खोप विकास गर्ने जनाएका छन्।
चिनियाँ खोपको प्रभावकारिता
चिनियाँ कम्पनी सिनोफार्मको खोप भेरो सेललाई औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।
चीनले ५ लाख डोज खोप नेपाललाई सहयोग गर्ने बताएको छ। यूएईमा १२५ देशका ३१ हजार व्यक्तिमा गरिएको परीक्षणमा यो खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ भने गम्भीर प्रतिअसर देखिएको छैन।
यो खोप चीनमा १ करोडभन्दा धेरै व्यक्तिले लगाएका छन् भने बहराइन, यूएई, जोर्डन, अर्जेन्टिना, मोरक्को, पेरुलगायत देशमा पनि खोप कार्यक्रम चलिरहेको छ। यसको पनि २ मात्रा ४ हप्ताको अन्तरालमा लगाउनुपर्छ।
यो खोप महँगो भएकाले नेपालले अनुदान वा भारी छुटका लागि पहल गर्नुपर्ने देखिन्छ।
कूटनीतिक पहल
रुसको स्पुत्निक भी ९२ प्रतिशत प्रभावकारी देखिएको ग्यामेलिया इन्स्टिच्युटले जनाएको छ। सरकारले कूटनीतिक च्यानल प्रयोग गरेर रुस तथा अमेरिका (मोडेर्ना खोप जसलाई माइनस २० डिग्रीमा केही लाख मात्रा भण्डारण गर्न नेपालले सक्छ) बाट पनि अनुदानमा खोप ल्याउने प्रयत्न गर्नुपर्छ।
त्यस्तै तेस्रो चरणको क्लिनिकल ट्रायल पूरा भएपछि भारतको कोभ्याक्सिनका लागि पनि पहल गर्नुपर्छ। चीनका सिनोभ्याकलगायत अन्य प्रमाणित खोपका लागि पनि पहल गर्न सकिन्छ।
प्रतिक्रिया