ad ad

समाज


सन् २०२० मा कस्तो रह्यो नेपालमा मानव अधिकारको अवस्था?

सन् २०२० मा कस्तो रह्यो नेपालमा मानव अधिकारको अवस्था?

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १२:१९,

अनौपचारिक सेवा केन्द्र(इन्सेकले) सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ।

शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन गर्दै अनौपचारिक सेवा केन्द्र(इन्सेक)ले सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो।

यस वर्ष मानव अधिकार उल्लंघनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी जम्मा ६ सय ७५ जना घटना भएका छन्। यस्तै ज्यादतीका घटनामा ४ हजार २ सय ७१ महिला, ५ सय ९५ जना पुरुष, एक तेस्रो लिङ्गी र एक जना नखुलेकोसहित जम्मा ४ हजार ८ सय ६८ जना पीडित भएको अभिलेख भएको इन्सेकले बताएको छ।

राज्यपक्षबाट सात जनाको हत्या भएको तथा यातनाका घटनामा नौ जना, गिरफ्तारीका घटनामा ३ सय ७० जना, जातीय विभेदका घटनामा ४८ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा संगठित हुने अधिकारमा ९४ जना, धम्कीका घटनामा २५ जना र कुटपिटका घटनामा ३ सय २० जना पीडित भएका छन्।

सन् २०१९ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ६ हजार ६ सय ४२ जना पीडित भएका थिए। वर्ष २०२० मा कोभिड महामारीका कारण मानव अधिकार उल्लंघन तथा ज्यादतीका सबै घटनाहरू कानूनी प्रक्रियासम्म नआइपुगेको साथै घटनाहरूको अनुगमन गर्ने कार्यमा बाधा पुगेको कारणले गर्दा घटनाहरूको संख्यामा कमी देखिएको इन्सेकले बताएको छ।

सन् २०२० मा महिलाविरुद्ध हुने सबै प्रकारका दुव्र्यवहार घटनामा २ हजार ६ सय ६ जना पीडित भएका छन्। यस वर्ष बेचबिखनका प्रयासका घटनामा ३२ जना, घरेलु हिंसाका घटनामा १ हजार ३ सय ४६ जना, कथित बोक्सीको आरोपमा ५८ जना, बलात्कारका घटनामा ६ सय ४८ जना, बलात्कार प्रयासका घटनामा १ सय ५२ जना, यौन दुव्र्यवहारको घटनामा ६२ जना र बेचबिखनका घटनामा २५ जना महिला पीडित भएको तथ्यांक रहेको छ।

परिवारजनबाट १ सय २ जना महिलाको हत्या भएको छ भने भनेजति दाइजो नल्याएको आरोपमा तीन जना महिलाको हत्या भएको छ र १२ जना महिला हिंसामा परेका छन्।

सन् २०२० मा बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय ६१ जना पीडित भएका छन्। जसमध्ये बलात्कारका घटनामा ९ सय ८९, यौन दुव्र्यवहारको घटनामा ३ सय ५६, विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा १९ जना बालबालिका पीडित भएको पाइएको छ।

देशभरका कारागारको क्षमता ११ हजारको हाराहारीमा भए पनि २३ हजारभन्दा बढी कैदीबन्दी रहेको देखिएको छ। क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएको इन्सेकले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .